१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बैंक,लघुवित्त र सहकारी नेपाली जनताको लागि शत्रु जस्तो भयाेः दुर्गा प्रसाईं


१४ चैत, काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले नेपालको बैंक र लघुवित्तहरु ठुला व्यपारी र नेताहरुले कब्जा गरेकोले नेपाली जनता र साना व्यपारीहरु मारमा परेको आरोप लगाएका छन् ।

मंगलबार काठमाडौंको भृकुटीमण्डपमा चर्को व्याज र मिटरव्याज पीडितहरुको विषयमा धारणा राख्दै प्रसाईंले सबै लघुवित्त, सहकारि, बैंक र इन्स्योरेन्स राज्यको हुनुपर्ने र राज्यले नै नियमन गर्नुपर्ने बताउँदै उनले भने ‘५५ जना व्यपारी र १० जना नेताहरु मिलेर यो बैंकलाई कब्जा गरेका छन् ।

लघुवित्त, सहकारि, माईक्रो फाइनान्स ,फाइनान्स,डेभलपमेन्ट बैंक,बैंक, इन्स्योरेन्स ,रि इन्स्योरेन्स यो ८ वटा कम्पनी ५५ जना व्यपारी र १० जना नेताको हातमा छ । जबकि लघुवित्त, सहकारि,बैंक र इन्स्योरेन्स भनेको राज्यको हुनुपर्छ । ’

चर्को व्याजदरकाले गर्दा व्यावसायी ताथ आम नागरिकले दुःख पाएको भन्दै उनले बैंक नेपाली जनताको लागि शत्रु जस्तो भएको टिप्पणी गरे ।

‘बैंक,लघुवित्त र सहकारीहरु भनेको व्यपारीहरुको लागि शत्रु जस्तो भएको छ । बैंकको चर्को व्याजदरले गर्दा सबै अन्यायमा परेका छन् । सोरुममा राखेर बेच्नुपर्ने जुत्ता आज मेलामा राख्नुपर्ने अवस्था आयो, यो जस्तो दुःखको कुरा व्यवसयीहरुलाई के नै हुन सक्छ र ?’

सरकारले जबसम्म ५ प्रतिशत व्याजदरमा पैसा दिन सक्दैन् तब सम्म देशको उद्योग धन्दा,कलकारखानाहरु र व्यवसाय नफस्टाउने प्रसाईंले बताए ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलवार १६:३१