१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

भूगोल इनर्जी डेभलपमेन्टको आइपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा


१४ चैत, काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले फागुन ८ गतेदेखि चैत ७ गतेसम्म आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुको लागि निष्काशन गरेकाे साधारण सेयर (आइपीओ)  बाँडफाँड सम्पन्न भएकाे हाे ।

कम्पनीले आफ्नो जारी पुँजी ५४ करोड ४० लाख रुपैयाँको १० प्रतिशत अर्थात् ५ करोड ४४ लाख ५ हजार ३०० रुपैयाँ बराबरको सेयर जारी गरेको थियाे । कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरका ५ लाख ४४ हजार ५३ कित्ता सेयरमध्ये आयोजनाबाट अति प्रभावित क्षेत्र नौमुले द्वारी–३ दैलेखमा स्थायी बसोबास गर्ने स्थानीय बासिन्दाहरुको लागि २ लाख ७२ हजार २६ कित्ता सेयर तथा आयोजना प्रभावित क्षेत्र दैलेख जिल्ला (नौमुले द्वारी ३ बाहेक) का स्थानीय बासिन्दाहरुका लागि २ लाख ७२ हजार २७ कित्ता सेयर बिक्री गरेकोमा उक्त सेयर चैत १२ गते बाँडफाँड गरिएको हो ।

कम्पनीले निष्काशन गरेको आइपीओमा रितपूर्वक आवेदन दिनेहरु सबैलाई आवेदकले माग गरेबमोजिम सेयर बाँडफाँड गरिएको छ । कम्पनीकाे आइपीओ नतिजा बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलको वेबसाइट https://www.nicasiacapital.com/ सिडिएसको वेवसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलवार १२:२७