१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

अर्थतन्त्र संकटमा परेको बेला प्रचण्ड सरकारले माओवादीका अयोग्य लडाकुलाई जनही दुई लाख बाँड्दै


८ चैत, काठमाडौं। सरकारले तत्कालिन माओवादीका अयोग्य लडाकुका लागि राहत बितरण गर्ने पकृया अघि बढाउने भएको छ । गत सोमवारको मन्त्री परिषद् बैठकले आयोग्य लडाकुलाई जनही दुई लाख रुपैयाँका दरले राहत रकम दिने निर्णय गरेको थियो ।

राहत वितरणका लागि गृहमन्त्रालयले कार्य विधि बनाउने छ । सोही कार्य विधिअनुसार आयोग्य लडाकुलाई राहत वितरण गर्नेछ । गृहले आयोग्य लडाकु प्रमाणिकरणको प्रकृया सुरु गरिसकेको छ । गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले आयोग्य लडाकुको नामावली रजू गर्ने प्रकृया सुरु भएको बताए ।

उनले भने,‘आयोग्य लडाकुका लागि राहत रकम बितरण गर्ने निर्णय सरकारले गरेको छ । यसको प्रकृया सुरु भएको छ । अब लडाकुका नाम रुजू हुनेछ । यसका लागि मातहतका जिल्ला प्रशासन कार्यालयलाई भनिने छ । नागरिकता र तथ्यांकमा उल्लेखित नामावली मिलेपछि राहत रकम वितरण हुनेछ ।यसका लागि गृहले छुट्टै कार्य विधि बनाउनेछ ।’

संयुक्त राष्ट्र संघीय मिशन अनमिनले तत्कालिन माओवादीका १९ हजार ६ सय २ लडाकु प्रमाणिकरण गरेको थियो । जसमध्ये चार हजार नौ सयलाई आयोग्य भनि लडाकुबाट अलग गरेका थियो । ५ मंसिर ०६३ मा भएको वृहत शान्ति सम्झौतापछि अनमिन नेपाल आएको थियो । प्रमाणिकरण गरिएकामध्ये एक हजार चार सय लडाकु नेपाली सेनामा समायोजन भएका थिए । बाँकी राहत रकम लिएर अवकाशमा गएका थिए ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार ११:३८