१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

एकै दिन २ हजारले घट्यो सुनकाे मूल्य, कति पुग्याे ताेलाकाे ?


८ चैत, काठमाडाैं । साताकाे चाैथाे काराेबारकाे दिन बुधबार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ७ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ७ हजार ३०० रुपैयाँमा काराेबार भएको छ।

मंगलबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार ३३५ रुपैयाँ काराेबार भएको महासंघले जनाएकाे छ। मंगलबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार ३४० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार ११:१५