१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सिईओमा वैदवार क्षेत्री नियुक्त


७ चैत, काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको सिईओमा बिरेन्द्र वैदवार क्षेत्री नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको निर्णयलाई नेपाल बीमा प्राधिकरणले सोमबार स्वीकृत गरेसँगै सिईओमा वैदवार नियुक्त भएका हुन् ।

उनी मर्जर अघि सिद्धार्थ इन्स्योरेन्सको सिईओ थिए । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले गत फागुन १७ गतेबाट एकीकृत कारोबार सुरु गरेको हो ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलवार ११:५०