१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

आज कागती प्रतिकेजी २६० रुपैयाँ, अन्य फलफुल तथा तरकारीको मूल्य कति ?


७ चैत, काठमाडौँ ।  कालीमाटी फलफूलतथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य तोकेको छ।जसअनुसार नेपाली ठूलो गोलभेँडा ५० रुपैयाँ, अदुवा १०० रुपैयाँ, रातो आलु २४ रुपैयाँ, सेतो आलु १६ रुपैयाँ रहेको छ भने स्थानीय काउली ५० रुपैयाँ, कागती २६० रुपैयाँ, सुकेको खुर्सानी ४४० रुपैयाँ र हरियो खुर्सानी १०० रुपैयाँरहेको छ ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी २५ रुपैयाँ, गान्टे मूला७० रुपैयाँ, गुन्द्रुक २५० रुपैयाँ, राजमा घिउ सिमी १२० रुपैयाँ, चमसूरको साग १०० रुपैयाँ, कन्यच्याउ १५० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँमाकिनबेच भइरहेको छ भने तितो करेला १२० रुपैयाँ, तोरीको साग ४० रुपैयाँ, भारतीय सुकेको प्याज ३५ रुपैयाँ, हरियो प्याज ५० रुपैयाँ, पुदीना २०० रुपैयाँ, लोकल बन्दा १५ रुपैयाँ कायम गरिएको छ ।

कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २०० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, अनार २५० रुपैयाँ र आभोकाडो ५०० रुपैयाँ, अमला ८० रुपैयाँ, किवि ४०० रुपैयाँ र अम्बा २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलवार १०:५५