१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

नागरिकको मुद्दामा इमान्दारिता गुमाएको दिन हामी प्रतिपक्षमा उभिन्छौंः रास्वपा नेता अर्याल


६ चैत, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका संसदीय दलका नेता डोल प्रसाद अर्यालले नागरिकको मुद्दामा इमान्दारिता गुमाएको दिन आफुहरु प्रतिपक्षमा उभिने बताएका छन् ।

सोमबार प्रचण्डले विश्वासको मत मागेपछि संसदमा बोल्दै उनले न्यूनमत साझा कार्यक्रममा समावेश भएका आम नागरिकको मुद्दामा सम्बोधन गर्ने विश्वासका साथ सरकारलाई विश्वासको मत दिएको बताए ।

उनले भने ‘हामी गुण र दोषका आधारमा समर्थन र विरोध गर्छौं । सरकारलाई हामीले दिएको समर्थन सरकारले जे गरे पनि ठीक हो भन्ने कबुलियतनामा होइन । नागरिकको मुद्दामा इमान्दारिता गुमाएको दिन हामी प्रतिपक्षमा उभिने छौं ।’ उनले आफ्नो दलमाथि संकट पर्दा साथ दिएको भन्दै नेकपा एमाले अध्यक्ष केपीशर्मा ओलीलाई धन्यवाद समेत दिएका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार १६:०३