१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

लाभांश पारित गर्न नयाँ सारथी लघुवित्तले बाेलायाे साधारणसभा, बुकक्लोज कहिले ?


६ चेत, काठमाडाैं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारणसभा आह्वान गरेको छ । संस्थाको सञ्चालक समितीले गरेको निर्णय अनुसार कम्पनीकाे १४ औँ बार्षिक साधारणसभा चैत्र २८ गते होटल जुगल मिरावलचोक धुलिखेल, काभ्रेपलान्चोकमा दिउँसो १ बजेदेखि सुरु हुनेछ ।

सभाले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, सभाले अध्यक्षको आर्थिक वर्ष २०७८७९ को प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन, अन्य वित्तीय विवरण र अनुसूचीहरु पारित गर्ने, आर्थिक वर्ष ७९/८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छन् । त्यस्तै सभाले विजय लघुवित्तसंग १ः१ को स्वाप रेसियोमा मर्जरमा जाने प्रस्ताव समेत पारित गर्नेछ ।

लाभांश र साधारणसभा प्रयोजनका लागि कम्पनीले चैत १५ गतेदेखि चैत २८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ चैत १४ गतेसम्म कायम सेयरधनीहरुले मात्रै कम्पनीकाे लाभांश पाउन र सभामा सहभागि हुन सक्नेछन् ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार ११:००