१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

नेप्सेमा तीन कम्पनीको मूल्य समायोजन, आइतबार कतिमा खुल्ला कारोबार ?


२ चैत, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मा तीन कम्पनीको मूल्य समायोजन भएकाे छ । स्वाभिमान लघुवित्त, प्रुडेन्सियल इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्सको मूल्य समायोजन भएकाे हाे । यी कम्पनीले बोनस सेयर वितरणका लागि बुक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरेको हो ।

१) प्रुडेन्सियल इन्स्योरेन्स

नेप्सेमा प्रुडेन्सियल इन्स्योरेन्सको ३.३२५ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ४०० रूपैयाँ ६८ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ४१४ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ ।

२) स्वाभिमान लघुवित्त

नेप्सेमा स्वाभिमान लघुवित्तको २० प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता १ हजार ५० रुपैंया हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार १ हजार २६० रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ ।

३) हिमालयन एभरेष्ट इन्स्योरेन्स

नेप्सेमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको २.७५ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ४०८ रुपैंया ७६ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार ४२० रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा नै अब आइतबार सेयर बजारमा कारोबार खुल्नेछ ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार १६:२९