१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

अाफ्नै छिमेकीबाट सप्तरीमा एकै दिन ७० वर्षीया बृद्धा र १४ वर्षीया बालिका बलात्कृत


१७ असोज, सप्तरी । अाफ्नै छिमेकीबाट सप्तरीमा एकै दिन ७० वर्षीया बृद्धा र १४ वर्षीया बालिका बलात्कृत भएका छन् ।

खड्ग नगरपालिकामा बृद्धा र डाक्नेश्वरी नगरपालिकामा बालिका बलात्कृत भएकाे प्रहरीले जनाएकाे छ । बलात्कारीहरू फरार रहेको र खोजी भइरहेको  प्रहरीले जानकारी दिइएकाे छ ।  बृद्धा र बालिका दुबैजना मंगलबार साँझ बलात्कृत भएको र बुधबार प्रहरीलाई जानकारी आएको प्रहरीले बताएकाे छ । ‘जानकारी पाएपछि पीडितहरुको मेडिकल जाँच गराइएको र दोषीहरुको खोजीमा पनि प्रहरीले जनाएकाे छ ।

परिवारका सदस्यहरु जितिया पर्वमा व्यस्त भएका बेला स्थानीय १८ वर्षीय किशोरबाट बलात्कृत भएको प्रहरीको भनाइ छ । यस्तै ७० वर्षीया बृद्धालाई स्थानीय ४० वर्षीय युवकले डर, त्रास देखाइ बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ ।

बलात्कारमा संलग्न दुबैको नाम खुलाइएको छैन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७५, बुधबार १९:१७