१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

भक्तपुर जाने पर्यटकलाई निःशुल्क एम्बुलेन्स सेवा


२७ फागुन, भक्तपुर । भक्तपुरमा आउने पर्यटकहरुको आकस्मिक स्वास्थोपचारका लागि भक्तपुर पर्यटन विकास समिति र डा. इबामुरा अस्पतालबीच आइतवार सम्झौता भएको छ ।

आइवारदेखि नै लागू हुने अस्पताल र पर्यटन विकास समितिबीच सम्झौता भएको हो । रफत सञ्चार क्बलमा पत्रकार सम्मेलन गरी पर्यटन विकास समिति र अस्पतालबीच सम्झौता भएको जानकारी गराइएको छ ।

सम्झौता पश्चात अस्पतालका व्यवस्थापक रञ्जित मारिखुले अस्पतालले पर्यटकलाई आकस्मीक सेवा प्रदान गर्नका लागि अस्पताल र विकास समितिबीच सम्झौता भएको बताए ।

अस्पतालले भक्तपुरमा आउने पर्यटकलाई निःशुल्क एम्बुलेन्स सेवा, फुट पोइजन साधारणदेखि अन्य रोगको उपचार हुने उनले जानकारी दिए । उनका अनुसार भक्तपुरमा आउने पर्यटकका लागि आकस्मीक सेवा प्रदान गर्ने कुनै अस्पताल नभएकाले इबामुराले पर्यटन विकास समितिसँग सम्झौता गरी पर्यटकलाई सेवा प्रदान गरिएको हो ।

भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष रामसुन्दर भेलेले दुई निकायबीच भएको सम्झौताले भक्तपुरमा आउने पर्यटक झन बढ्ने बताए । उनले अब भक्तपुरमा आउने पर्यटक आकस्मिक रुपमा बिरामी भए जुनसुकै समयमा पनि इबामुराले स्वास्थ्य सेवा प्रदान गर्ने बताए ।

झन्डै बार्षिक ३ लाख पर्यटकले भ्रमण गर्ने भक्तपुरमा पर्यटकका लागि आकस्मिक उपचारको ब्यवस्था तर्फ कसैको ध्यान जान नसकेका बेला यस्तो सेवाको सूरुवात गरिएको जानकारी गराईएको थियो ।

प्रकाशित मिति : २७ फाल्गुन २०७४, आईतवार १३:२०