२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

स्ववियु निर्वाचनका लागि सरस्वती क्याम्पसमा तीन हजार चार सय ५३ मतदाता


२१ फागुन, काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयको आंगिक सरस्वती बहुमुखी क्याम्पसले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदाता नामावली सार्वजनिक गरेको छ ।

स्ववियु निर्वाचनका लागि सरस्वती बहुमुखी क्याम्पसमा तीन हजार चार सय ५३ मतदाता नामावली प्रकाशित भएको क्याम्पस प्रमुख डा. गोलमान गुरुङले बताए । त्रिविले बनाएको नियमावली अनुसार विद्यार्थी संख्याको आधारमा क्याम्पसमा २१ सदस्यीय स्ववियु निर्माण हुनेछ् ।

सो क्याम्पसमा नेविसंघ, अनेरास्ववियु, अनेरास्ववियू, अनेरास्ववियु (क्रान्तिकारी), अखिल छैठौ, अखिल पाँचौ, राप्रबियु, अखिल क्रान्तिकारी गरी आठ संगठन दर्ता भएका छन् । आठ वटै विद्यार्थी संगठन बिजयका लागि मत माग्दै हिडेका छन् ।

क्याम्पसले बिभिन्न समिति समेत गठन गरेको छ । प्रा.डा. सञ्जय आचार्यको संयोजत्वमा निर्वाचन समिति, डा. कल्पना लुइटेलको संयोजकत्वमा अनुगमन समिति, रुद्र ज्ञवालीको संयोजकत्वमा आचार संहिता समिति गठन भएको छ । ५ चैतमा मतदानको कार्यतालिका छ ।

क्याम्पस प्रमुख डा. गोलमान गुरुङले लामो समयपछि हुन लागेको स्ववियु निर्वाचनको माहौल राम्रो बनेको बताए । स्ववियु निर्वाचनका लागि क्याम्पस प्रशासनले वातावरण बनाएको र सबै सरोकार पक्ष सकरात्मक ढंगले लागेको उनले बताए ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आईतवार २२:२७