१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

सिन्धु विकास बैंकको सेयर बिक्रीमा, क -कसले दिन पाउँछन् आवेदन ?


२१ फागुन, काठमाडौ । सिन्धु विकास बैंकले केही संस्थापक बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक सेयरधनीहरुले आफ्ना नाममा रहेको सेयर बिक्रीका लागि निवेदन दिएकाे हुनाले साे सेयर बिक्री गर्न लागेकाे बै.कले जनाएकाे छ ।

उक्त सेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र बैंकको कर्पोरेट कार्यालय बनेपा, काभ्रेपलाञ्चोकमा आवेदन दिन सकिनेछ ।

साथै, तोकिएको अवधि भित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्त सेयर प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा सघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आईतवार १६:५३