६ चैत्र २०८०, मंगलवार | Tue Mar 19 2024

दुर्गा प्रसाईको कालोमोसो अभियान स्थगित, बैंकर ज्ञानेन्द्र ढुंगानाको सालिक बन्दै


९ फागुन, काठमाडाैँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृिति र नागरिक बचाऔँ महाअभियानका संयोजक दुर्गा प्रसाईले दुःख दिने बैंक, लिघुबित्त र सहकारीका म्यानेजरहरू माथि कालोमोसो लगाउने अभियान स्थगित भएको जनाएका छन । आर्थिक मिडिया सञ्जालक संघ (इमान) सँगको अन्तरक्रियामा मंगलबार बिहान प्रसाईले अभियान घोषणाको समयमा त्यस्ता कुरा भनिएको भए पनि कसैमाथि पनि भौतिक आक्रमण नगरिने जानकारी दिएका छन ।

उनले नियतवश राति राति फोन गर्ने र तनाव दिनेहरू माथि भने सम्बन्धित व्यक्तिहरूले नै फरक खालको कारबाही गर्न सक्ने बताए । नेकपा एमाले छाडेको घोषणापछि पहिलो पटक सार्वजनिक रूपमा बोल्दै उनले र नागरिक र राष्ट्रबचाउने आफ्नो मुल अभियान भएको जानकारी दिए ।

उनले गलत गर्नेमाथि कारबाही हुने भए पनि गलत नगर्नेहरू डराउनु नपर्ने बताए । काठमाडौँको पेरिसडाँडामा रहेको महाअभियानको कार्यालयमा उनले बैंक, लिघुबित्त र सहकारीले पीडित बनाएर मर्न बाध्य पारिएकाहरूको आवाज पनि बोलिदिन सञ्चार माध्यमलाई आग्रह गरे ।

उनले राम्रो काम गर्नेको प्रशंशा गर्ने गरेको र बैंकर ज्ञानेन्द्र ढुंगानाको सालिक (मुर्ती) बनाइरहेको जानकारी दिए । उनले ढुंगानाको सहयोगले आफूअहिलेको अवस्थामा रहेको भन्दै उनको सालिक भारतको राजस्थानमा बनिरहेको र झापामा राखिने जानकारी दिए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलवार ११:४८