२० बैशाख २०८१, बिहीबार | Thu May 2 2024

शुक्रबार पनि घट्याे सुनकाे मूल्य, कति पुग्याे ताेलाकाे ?


५ फागुन, काठमाडाैं । साताकाे अन्तिक काराेबारकाे दिन शुक्रबार पनि नेपाली बजारमा सुनकाे मूल्य घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख २ हजार रुपैयाँमा काराेबार भएकाे छ ।

बिहीबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ३ हजार रुपैयाँ र तेजाबी सुन १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर १ हजार २७५ रुपैयाँ कायम भएको छ। बिहीबार चाँदी तोलामा ५ रुपैयाँले घटेर १ हजार २८५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार ११:०५