१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

इनड्राइभर चलाउने १७ जना मोटरसाइकल चालक कारबाहीमा, अब सबै कारबाहीमा पर्ने


५ फागुन, काठमाडाैँ ।  प्रयोजन विपरीत शेयर राइडिङ सञ्चालन गर्ने १७ दुई पाङ्ग्रे सवारी साधन चालक कारबाहीमा परेका छन् । ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानमा गरेको जाँचका क्रममा नियम विपरीत राइडिङ गरेको पाइएपछि कारबाही गरिएको जानकारी दिएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले नियम विपरीत शेयर राइडिङ गरेको पाइएकाले कारबाही गरिएको जानकारी दिनुभयो ।

“कारबाहीमा परेकामध्ये अधिकांश इनड्राइभरका छन्”, उहाँले भन्नुभयो, “इनड्राइभर नेपालमा दर्ता बिना नै चलेकाले कारबाही गरिएको हो ।” ¬निजी प्रयोजनका लागि दर्ता भई व्यावसायिकरूपमा सञ्चालन गरेको पाइएपछि कारबाही गरिएको उहाँको भनाइ छ । उहाँले गुनासो आएका आधारमा कारबाही गरिएको बताउनुभयो । प्रहरीले अब निगरानी बढाएर इनड्राइभरका चालहरू माथि निरन्तर कारबाही चलाउने तयारी गरेको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार १०:२६