१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बसपार्कको मोबाइल पसल लुटपाट गर्ने नुवाकोटका राईसहित १५ पक्राउ


४ फागुन, काठमाडाैँ । बसपार्कको मोबाइल पसल लुटपाट गर्ने नुवाकोटका केशर राईसहित १५ पक्राउ परेका छन । प्रहरीले यातायात मजदुरको आन्दोलनका क्रममा नयाँ बसपार्कको ल्होत्से मलमा भएको लुटपाटमा संलग्न थप १५ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेको पाँचखालका १९ वर्षीय सुरज मगर, नुवाकोटको सूर्यगढ ४ का १९ वर्षीय केशर राई, सिन्धुलीको सिन्धुली गढी ६ का १८ वर्षीय इन्द्र तामाङ लगायत रहेका छन । उनीहरू तीन जना भने यातायात मजदुर समेत हुन ।

प्रहरी यसअघि बुधबार प्रहरीले चार जनालाई पक्राउ गरेको थियो । योसँगै १९ जना पुगेका छन । उपत्यका अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोज केसीले भिडिओका आधारमा पहिचान गरेर उनीहरूलाई पक्राउ गरेको  जानकारी दिए । पक्राउ परेकाहरुलाई थप अनुसन्धान तथा कारबाहीका लागि बालाजु वृत्त र महाराजगन्ज वृत्तमा पठाइएको केसीले बताए ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहीबार १४:४६