२० बैशाख २०८१, बिहीबार | Thu May 2 2024

बुधबार पनि घट्यो सुनकाे मूल्य, कति पुग्याे तोलाको ?


३ फागुन, काठमाडाैं । साताकाे चाैंथाे काराबारकाे दिन बुधबार पनि नेपाली बजारमा सुनको मूल्य घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ३ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ३ हजार १०० रुपैयाँमा काराेबार भएको छ।

मंगलबार पनि सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ३ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार २९० रुपैयाँ कायम भएको छ। मंगलबार चाँदीकाे मूल्य स्थिर रहँदै तोलाको १ हजार २९५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार ११:११