२० बैशाख २०८१, बिहीबार | Thu May 2 2024

घट्यो सुनको मूल्य, कति पुग्याे ताेलाकाे ?


२ फागुन, काठमाडाैं । साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेर पापावाल सुन प्रतितोला १ लाख ३ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ३ हजार ३०० रुपैयाँमा काराेबार भएकाे छ ।

सोमबार सुनको मूल्य स्थिर रहदै छापावाल सुन प्रतितोला १ लाख ४ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि स्थिर रहँदै तोलाको १ हजार २९५ रुपैयाँ कायम भएको छ। सोमबार पनि चाँदीकाे मूल्य स्थिर रहँदै तोलाको १ हजार २९५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलवार ११:०९