१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

जनउत्थान सामुदायिक लघुवित्तले घोषणा गर्याे लाभांश, बोनस र नगद कति ?


२ फागुन, काठमाडाैं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घाेषणा गरेका छन् । कम्पनीले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेको छ।

संस्थाको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७८९५ प्रतिशत नगद लाभांश गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हाे ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलवार १०:४८