२० बैशाख २०८१, बिहीबार | Thu May 2 2024

एकै दिन १३ सयले घट्याे सुनकाे मूल्य, कति पुग्याे ताेलाकाे ?


२७ माघ, काठमाडाैं । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १३०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ३ हजार ६०० रुपैयाँ र तेजाबी सु्न १ लाख ३ हजार १०० रुपैयाँमा काराेबार भएकाे छ ।

बिहीबार सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेर याे दिन प्रतितोला १ लाख ४ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख ४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेर १ हजार २९० रुपैयाँमा काराेबार भएकाे छ। बिहीबार चाँदीकाे मूल्य तोलामा ५ रुपैयाँले बढेर १ हजार ३२० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार १२:१८