१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

ज्योति विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


२६ माघ, काठमाडाैं । ज्योति विकास बैंक लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनार्थ माघ २९ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । यसकाे अर्थआज माघ २६ गते ( माघ २७ र २८ गते शुक्रबार र शनिबार नेप्सेको दोस्रोबजार कारोबार बन्द हुने भएकाले) सम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभाका सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

सभाले बैंकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको ३ प्रतिशत बोनस सेयर र ३.८० नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । बैंकको १५ औँ वार्षिक साधारणसभा फागुन १४ गते बिहान ११ बजेदेखि आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा शुरू हुनेछ ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार ०९:०८