२० बैशाख २०८१, बिहीबार | Thu May 2 2024

एकै दिन २ हजारले घट्यो सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?


२२ माघ, काठमाडाैं । साताको पहिलो कारोबार दिन आइतबार पनि सुनको मूल्यमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ४ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख ३ हजार ६०० रुपैयाँमा काराेबार भएकाे छ ।

शुक्रबार पनि सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ६ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख ५ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले घटेर १ हजार ३२० रुपैयाँ कायम भएको छ। शुक्रबार पनि चाँदीकाे मूल्य तोलामा ३० रुपैयाँले घटेर १ हजार ३६५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : २२ माघ २०७९, आईतवार ११:१२