२० बैशाख २०८१, बिहीबार | Thu May 2 2024

एकैदिन १४ सयले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ काराेबार ?


२० माघ, काठमाडाैं । साताकाे अन्तिम काराेबारकाे दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  सुनकाे मूल्य प्रतिताेला १४ सय रूपियाँले घटेकाे हाे । अघिल्लो कारोबार दिन अर्थात् बिहीबार प्रतितोला १२ सय रुपैयाँ बढेर नयाँ रेकर्ड कायम गरेकाे सुनको मूल्य आज भने घट्न पुगेकाे हाे । यस दिन  छापावाल सुन प्रतितोला १ लाख ६ हजार १ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुन प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ७ हजार रुपैयाँमा कारोबार भएको थियो। शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले घटेर १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार ११:०९