२० बैशाख २०८१, बिहीबार | Thu May 2 2024

सुनकाे मूल्यमा नयाँ रेकड कायम, ताेलाकाे कति पुग्याे ?


१९ माघ, काठमाडाैं । साताकाे पाचाैं काराेबारकाे दिन बिहीबार सुनकाे मूल्यले नयाँ रेकड कायम गरेकाे छ । नेपाली बजारमा बिहीबार सुनको मूल्य नयाँ उचाइमा पुगेको हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १२०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ७ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ७ हजार रुपैयाँ कायम भएको छ। नेपाली बजारमा यो मूल्य हालसम्मकै उच्च हो।

बुधबार सुनकोमूल्य तोलामा ५०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ६ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेर १ हजार ३९५ रुपैयाँ कायम भएको छ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार १०:५२