२० बैशाख २०८१, बिहीबार | Thu May 2 2024

बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?


१८ माघ, काठमाडाैं ।  बुधबार नेपाली बजारमा सुनको मूल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको हो। योसँगै यस दिन छापावाल सुन प्रतितोला १ लाख ६ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ५ हजार ८०० रुपैयाँ कायम भएको छ।

मंगलबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ५ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ३७० रुपैयाँ कायम भएको छ। मंगलबार चाँदीकाे मूल्य स्थिर रहँदै १ हजार ३६५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार ११:४९