१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

दोहोरो अकंले घट्याे सेयर बजार, ३ अर्ब १ करोडकाे काराेबार


१५ माघ, काठमाडाैं । साताको पहिलो काराेबारकाे दिन आइतबार सेयर बजारमा गिरावट आएकाे छ । गत साताको अन्तिम दिन झिनो अकंले घटेको सेयर बजार यो साताको सुरुवातमै दोहोरो अकंले घटेकाे हाे । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.६८ अकंले घटेर २१६८.५३ बिन्दुमा बन्द भएको छ । आज २६७ कम्पनीको ८२ लाख ७६ हजार ७५१ कित्ता सेयर किनबेच हुदाँ ३ अर्ब १ करोड ७० लाख ६३ हजार ९५६ रुपैयाँको कारोबार भएको छ ।

आज काराेबार भएका १३ उपसमूहमध्ये २ वटा उपसमूहकाे सेयर बढेकाे छ बाँकी सबै उपसमूहकाे सेयर घटेकाे छ । हाेटेल तथा पर्यटन र लाइफ इन्स्याेरेन्स समूह बढेकाे हाे ।

यस दिन आइएमई जनरल इन्स्योरेन्सको सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ९ करोड ९९ लाख रुपैयाँमाथिको कारोबार भएको हाे ।आइतबार ५ कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । लुम्बिनी जनरल इन्स्याेरेन्स, बाराही हाइड्राेपावर, इष्टर्न हाइड्राेपावर, आदर्श लघुवित्त र सुर्यज्याेति लाइफ इन्स्याेरेन्सकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे । यस दिन समृद्धि फाइनान्स कम्पनीकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ ।

प्रकाशित मिति : १५ माघ २०७९, आईतवार १५:२२