
१५ माघ, काठमाडाैं । विभिन्न २ कम्पनीले लाभांश घाेषणा गरेकाे छन् । कम्पनीहरूले गत आर्थिक वर्षकाे मुनाफाबाट सेयरधनीकाे लागि वितरण गर्ने लाभाैश घाेषणा गरेकाे हुन् ।
१) सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड
सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीकाे माघ १३ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५८ प्रतिशत नगद लाभांश गरी कुल ११.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृतिपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।
२) उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड
उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले माघ १३ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ६१.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ३.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।
प्रकाशित मिति : १५ माघ २०७९, आईतवार १२:२०