२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

रवि लामिछाने नयाँ नागरिकता लिन जिल्ला प्रशासन कार्यालय पुगे


१५ माघ, काठमाडौं । रवि लामिछाने नयाँ नागरिकता लिन जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका छन् । सर्वोच्च अदालतले शुक्रबार रविले कानूनबमोजिम नेपालको नागरिकता पुनः प्राप्त नगरेको ठहर सुनाएको थियो ।

सर्वोच्च अदालतले नागरिकतामा दोषी ठहर गरेपछि उनकाे मन्त्री र सांसद पद गुमेकाे थियाे । अदालतले अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्त नगरी खारेज भइसकेको नागरिकता प्रयोग गरेको भन्दै रविले नेपाली नागरिकका रूपमा गरेका सबै कार्य अवैध हुने निर्णय सुनाएकाे थियाे ।

उनले अमेरिकाको नागरिकताको प्रमाणपत्र त्यागिसकेका र त्यसको निस्सा पाइसकेकाले उक्त निस्सा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बुझाउनेवित्तिकै उनको पुन: नागरिकता प्राप्तिको प्रक्रिया अघि बढ्नेछ ।

प्रकाशित मिति : १५ माघ २०७९, आईतवार ११:५६