१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

रवि लामिछाने नागरिकता लिन आज काठमाडौं प्रशासन जाने


१५ माघ, काठमाडौं । नेपाली नागरिकताको प्रमाणपत्र लिन रवि लामिछाने आज जिल्ला प्रशासन कार्यालय काठमाडौं जाने भएका छन् ।प्रशासन जाने तयारी भएको उनका स्वकीय सचिव दीपक बोहराले बताए ।

लामिछानेले स्थानीय प्रशासनसँग समन्वय गरी नागरिकता लिने बुझिएको छ । लामिछानेलाई नागरिकता लिन अमेरिकाको नागरिकता त्यागेको निस्सा, पुरानो नागरिकताको प्रमाणपत्र वा प्रतिलिपि, तस्बिर र एक फारम भरेर पेश गर्नुपर्ने छ ।

लामिछानेलाई सर्वोच्च अदालतले नागरिकता विवादमा दोषी देखाएपछि पार्टी सभापति, सांसद र उपप्रधान तथा गृहमन्त्री पद एकै पटक गुमेको थियो ।

प्रकाशित मिति : १५ माघ २०७९, आईतवार ०९:००