१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

रवि लामिछानेको सांसद, गृहमन्त्री र पार्टी सभापति तीनै पद चैट, यस्तो छ सर्वोच्चको फैसला


१३ माघ, काठमाडाैँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने पदमुक्त भएका छन । सांसदको योग्यता सम्बन्धी मुद्दामा सुनुनवाइ गर्दै सर्वोच्च अदालतले नेपाली नागरिकता नभएको व्यक्ति प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुन नसक्ने फैसला सुनाएको हो ।

शुक्रबार कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, डा. आनन्दामोहन भट्टराई र अनिलकुमार सिन्हा सम्मिलित संवैधानिक इजलासले रविको सांसद हुने योग्यतामा प्रश्न उठाउँदै सांसद पद खारेज गरेको हो ।

सर्वोच्चले लामिछानेले कानूनबमोजिम नेपालको नागरिकता पुनः प्राप्त नगरेको ठहर सुनाएको छ ।अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्ति नगरी खारेज भइसकेको नागरिकता प्रयोग गरेको भन्दै अदालतले रविले नेपाली नागरिकका रुपमा गरेका सबै कार्य अवैध हुने भनेको छ ।

संवैधानिक इजलासको यो फैसलासँगै रवि लामिछानेको मन्त्री तथा सांसद पद खारेज भएको छ । त्यस्तै उनी राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति बन्न समेत अयोग्य भएका छन् । नागरिकता सन्दर्भमा नेपालको अदालतबाट भएको यो अहिलेसम्मकै ठूलो फैसला हो ।

नागरिकताको वैधतमा प्रश्न उठाउँदै लामिछानेको प्रतिनिधिसभा सदस्य खारेजीको माग गर्दै अधिवक्ता रविराज बसौला समेत र अधिवक्ता युवराज पौडेलसमेतले दायर गरेको दुईवटा छुट्टाछुट्टै रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ भएको हो ।

अमेरिकाको नागरिकता त्यागेर पुनः नेपाली नागरिकता नलिई खारेज भएकै नागरिकताबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेकाले उनको सांसद पद खारेजीसहितको माग गर्दै गत २८ मंसिरमा लामिछानेविरुद्ध रिट दर्ता गरिएको थियो ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार १७:४३