१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

तपाईंकाे खातामा आयाे त यी ५ कम्पनीकाे लाभांश ?


१३ माघ, काठमाडौं । विभिन्न ५ कम्पनीले आफ्ना सेयरधनीकाे खातामा लाभांश पठाएका छन् । कम्पनीहरूले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट प्रस्तावित लाभांश छुट्टा छुट्टै मितिमा सेयरधनीहरुको खातामा लाभांश पठाएका हुन् ।

महालक्ष्मी विकास बैंक, एक्सेल डेभलपमेन्ट बैंक, आरएसडीसि लघुवित्त, मेरो माइक्रोफाइनान्स लघुवित्त र मन्दाकिनी हाइड्रोपावर कम्पनीले सेयरधनीको हितग्राही खातामा लाभांश जम्मा गर्न सुरू गरेका हुन् । यीमध्ये एक्सेल डेभलपमेन्ट बैंकले सेयरधनीहरुको  हितग्राही खातामा बोनस सेयर जम्मा गरेको छ भने अन्य कम्पनीहरुले नगद लाभांश वितरण गरेको हो ।

१) एक्सल डेभलपमेन्ट बैंक लिमिटेड

एक्सल डेभलपमेन्ट बैंक लिमिटेडले सेयरधनीहरूको हितग्राही खातामा बोनस सेयर जम्मा गरेको छ । कम्पनीको साउन ९ गते सम्पन्न १६ औँ वार्षिक साधारण सभाले पारित गरेको ८.५० प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीकाे हितग्राही खातामा जम्मा गरेकाे कम्पनीले जनाएकाे छ ।

असार २७ गतेसम्म सेयर अभौतिकिकरण गराएका सेयरधनीहरुको सम्बन्धित हितग्राही खातामा मात्रै उक्त बोनस सेयर जम्मा गरेकाे कम्पनीले जनाएको छ ।

२) महालक्ष्मी विकास बैंक लिमिटेड

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुको खातामा नगद लाभांश पठाउन सुरू गरेकाे छ । गत पुस २९ गते सम्पन्न बैंककाे सभाले गत आर्थिक वर्षको मुनाफाबाट ६.४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । साेही नगद लाभांश हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुकाे सम्बन्धित बैंक खातामा जम्मा गरिएकाे कम्पनीले जनाएकाे छ ।

३) मन्दाकिनी हाइड्रोपावर

मन्दाकिनी हाईड्रोपावर कम्पनी लिमिटेडले सेयरधनीहरूको बैंक खातामा नगद लाभांश पठाउन सुरू गरेकाे छ । पुस ३० गते सम्पन्न भएकाे कम्पनीकाे वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

साधारण सभाबाट पारित गरिएको साेही ५ प्रतिशत नगद लाभांश हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको सम्बन्धित बैंक खातामा लाभांश जम्मा गरिएको कम्पनीले जनाएको छ ।

४) आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड

आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरूको बैंक खातामा नगद लाभांश पठाएको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई ८ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे थियाे ।

साधारण सभाबाट पारित साेही ३ प्रतिशत नगद लाभांश हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुकाे सम्बन्धित बैंक खातामा जम्मा गरिएकाे कम्पनीले जनाएकाे छ ।

५) मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेड

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडले सेयरधनीहरूको बैंक खातामा नगद लाभांश पठाएको छ । कम्पनीले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको सम्बन्धित बैंक खातामा लाभांश जम्मा गरेकाे हाे ।

कम्पनीको माघ ६ गते सम्पन्न भएको वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

साधारण सभाबाट पारित गरिएको १० प्रतिशत नगद लाभांश मध्ये लाभांशमा लाग्ने कर कटाइ बाँकी रकम संस्थाले सेयरधनीहरूको खातामा जम्मा गरेकाे हाे । यी ५ वटै कम्पनीहरूले हालसम्म पनि आफ्नो सेयर प्रमाणपत्रहरु अभौतिकीकरण नगराउने सेयरधनीहरुलाई आफ्नो सेयर प्रमाणपत्र अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराएर नगद लाभांश लिन अनुरोध गरेको छ ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार १६:३७