१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कुन बैंकको प्रतिसेयर आम्दानी कति ?


१३ माघ, काठमाडाैं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा वाणिज्य बैंकहरुको प्रतिसेयर आम्दानी सामान्य बढेकाे छ । २० वटा वाणिज्य बैंकमध्ये ८ वटा बैंकको प्रतिसेयर आम्दानी घटेको छ भने ११ बैंकको भने बढेकाे छ ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा  वाणिज्य बैंककाे प्रतिसेयर आम्दानी ०.९७ प्रतिशतले बढेर १९ रुपैयाँ ९९ पैसा पुगेको छ । गत आर्थिक वर्षको  दोस्रो त्रैमाससम्ममा वाणिज्य बैंकहरुको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ८० पैसा रहेको थियो । याे अवधिमा कृषि विकास बैंकको प्रतिसेयर आम्दानी भने ऋणात्मक रहेको छ ।

यी हुन् प्रतिसेयर आम्दानी घट्ने बैंकहरू

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ८ वटा बैंकको प्रतिसेयर आम्दानी घटेको छ । याे अवधिमा ग्लोबल आइएमई, सिटिजन्स बैंक, प्राइम बैंक, सिद्धार्थ बैंक, नेपाल बैंक, सनराइज बैंक, प्रभु बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंककाे प्रतिसेयर आम्दानी घटेकाे छ ।

चालु आर्थिक वर्षको ६ महिनामा ग्लोबल आइएमई बैंकको प्रतिसेयर आम्दानी ४.३२ प्रतिशतले घटेर १८ रुपैयाँ ०७ पैसा रहेको छ । सिटिजन्स बैंकको प्रतिसेयर आम्दानी ०.३८ प्रतिशतले घटेर १७ रुपैयाँ ४५ पैसा, प्राइम बैंकको प्रतिसेयर आम्दानी ०.९६ प्रतिशतले घटेर १७ रुपैयाँ ०३ पैसा, सिद्धार्थ बैंकको प्रतिसेयर आम्दानी ८.५९ प्रतिशतले घटेर १६ रुपैयाँ ५३ पैसा, नेपाल बैंकको प्रतिसेयर आम्दानी ३.७४ प्रतिशतले घटेर १५ रुपैयाँ ९३ पैसा रहेको छ ।

यस्तै सनराइज बैंकको प्रतिसेयर आम्दानी १.८१ प्रतिशतले घटेर १२ रुपैयाँ ९३ पैसा, प्रभु बैंकको प्रतिसेयर आम्दानी ९.६७ प्रतिशतले घटेर १० रुपैयाँ १९ पैसा रहेको छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ १३ पैसा रहेको छ ।

यी हुन् प्रतिसेयर आम्दानी बढ्ने बैंकहरू

पुस मसान्तसम्म सबैभन्दा बढी एनआईसी एशिया बैंककाे प्रतिसेयर आम्दानी बढेकाे छ । बैंकको प्रतिसेयर आम्दानी गत आवको तुलनामा चालु आवमा १५.३४ प्रतिशतले बढेर ५६ रुपैयाँ ७७ पैसा कायम भएकाे छ । त्यस्तै, याे अवधिमा प्रभु बैंक प्रतिसेयर आम्दानी १० रुपैयाँ १९ पैसा रहेको छ ।

यस्तै स्टयान्डर्ड चार्टर्ड बैंकको प्रतिसेयर आम्दानी १३.६९ प्रतिशतले बढेर ३७ रुपैयाँ १९ पैसा रहेको छ । एभरेष्ट बैंकको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ६९ पैसा, नबिल बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ३३ पैसा, नेपाल एसबिआई बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ९६ पैसा, एनएमबि बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ ७० पैसा र सानिमा बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ ६९ पैसा रहेको छ ।

साथै, माछापुच्छ्रे बैंकको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ९९ पैसा, लक्ष्मी बैंकको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ६५ पैसा, ग्लोबल आइएमई बैंकको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ०७ पैसा, सिटिजन्स बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ४५ पैसा, प्राइम बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ०३ पैसा, सिद्धार्थ बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ५३ पैसा, नेपाल बैंकको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ९३ पैसा, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ६१ पैसा रहेको छ ।

सिभिल बैंकको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ४ पैसा, हिमालयन बैंकको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ६३ पैसा, सनराइज बैंकको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ९३ पैसा, प्रभु बैंकको प्रतिसेयर आम्दानी १० रुपैयाँ १९ पैसा रहेको छ ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार १३:३३