१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २ अर्ब ८ करोड, अन्य अवस्था कस्तो ?


१२ माघ, काठमाडाैं ।नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र मेगा बैंक लिमिटेडले आपसमा गाभिएर बनेको नेपाल इन्भेस्टमेन्ट मेगा बैंक चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

मर्जर पछि बैंकको खुद नाफा २ अर्ब ८ करोड रूपैयाँ पुगेको छ । जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा २८ प्रतिशतले बढि हो । गत बर्ष बैंकको मुनाफा १ अर्ब ६२ करोड ४३ लाख रुपैयाँ रहेको थियो ।

यो अवधिसम्म बैंकको खुद व्याज आम्दानी ४ अर्ब १८ करोड रूपैयाँ पुगेको छ । गत बर्ष बैंकको यस्ताे मुनाफा २ अर्ब ४० करोड ६९ लाख रुपैयाँ रहेको थियो ।

दाेश्राे त्रैमाससम्ममा बैंकको सञ्चालन मुनाफा २ अर्ब ९८ करोड २४ लाख ४८ हजार रूपैयाँ पुगेकाे छ । गत वर्ष बैंकले २ अर्ब ४० करोड ७४ लाख ३० हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।

याे अवधिसम्म बैंककाे वितरणयोग्य मुनाफा ९४ कराेड ८४ लाख ८२ हजार रूपैयाँ रहेको छ । चुक्तापुँजी ३४ अर्ब १२ करोड रुपैयाँ रहेको बैंकको रिजर्भको आकार ६३.८१ प्रतिशतले बढेर २३ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिसम्म रिजर्भमा १८ अर्ब ३० करोड रुपैयाँ रहेको थियो। समीक्षा अवधिमा बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १५ रुपैयाँ ६१ पैसा रहेकाे छ । बैंककाे प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ ९१ पैसा रहेकाे छ ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहीबार १०:१३