१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

तपाईंकाे खातामा आयाे त आरएसडिसी लघुवित्तकाे नगद लाभांश ? नआए यसाे गर्नुस्


११ माघ, काठमाडाैं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरूको बैंक खातामा नगद लाभांश पठाएको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई ८ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे थियाे ।

साधारण सभाबाट पारित साेही ३ प्रतिशत नगद लाभांश हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुकाे सम्बन्धित बैंक खातामा जम्मा गरिएकाे कम्पनीले जनाएकाे छ ।

हालसम्म पनि आफ्नो सेयर प्रमाणपत्रहरु अभौतिकीकरण नगराएका सेयरधनीहरुलाई सेयर प्रमाणपत्र अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराउन बैंकले अनुराेध गरेकाे छ । हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराएसँगै उक्त नगद लाभांश क्रमश सम्बन्धित सेयधनीकाे खातामा जम्मा गरिने कम्पनीले जनाएकाे छ ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार १३:४५