१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाको यो सिजनको पहिलो पराजय


११ असोज, काठमाडाैँ ।  स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले यो सिजनमा पहिलो हार व्यहोरेको छ । ला लिगा अन्तर्गत बुधबार राति भएको खेलमा टेबलको पुछारमा रहेको लेगनेसले लिग लिडर बार्सिलोनालाई २–१ ले पराजित गरेको हो ।

लेगनेसको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले १२ औं मिनेटमा फिलिप काउटिन्होको गोलबाट अग्रता लिएको थियो । तर, दोस्रो हाफमा घरेलु टोलीले ६८ सेकेण्डको बीचमा दुई गोल गर्दै जित निकाल्यो । ५२ औं मिनेटमा इजारले बराबरी गोल गरे भने लगतै ओस्कार रोड्रिगेजले गोल गर्दै टिमलाई जित दिलाए । जेरार्ड पिकेको गल्तीको फाइदा उठाउँदै रोड्रिगेजले गोल गरेका हुन् ।

प्रकाशित मिति : ११ आश्विन २०७५, बिहीबार ०८:१०