१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

एक्सेल डेभलपमेन्ट बैंकको नाफा ५० प्रतिशतले घट्यो


१० माघ, काठमाडौं। एक्सेल डेभलपमेन्ट बैंकले चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ५० प्रतिशत घटेको छ ।

कम्पनीले गत आवमा रू. ४ करोड ७० लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा घटेर रू. २ करोड ३२ लाखमा सीमित भएको हो ।

त्यस्तै कम्पनीको सञ्चालन नाफा गत आवको तुलनामा चालू आवमा १० प्रतिशत घटेको छ । नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ८ दशमलव १७ रहेकोमा चालू आवमा घटेर रू. ३ दशमलव ७२ मा झरेको हो ।

कम्पनीको चुक्तापूँजी रू. १ अर्ब २४ करोड रहेको छ। चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. ४६ करोड ११ लाख सञ्चित गरेको छ भने रिटेन्ड अर्निङ रू. ४ करोड २० लाख ऋणात्मक छ ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलवार १६:५६