१९ बैशाख २०८१, बुधबार | Wed May 1 2024

कञ्चनपुरका निलम्बित एसपी बिष्ट जेल जान पनि सक्छन्: आईजीपी खनाल


१० असाेज, काठमाडौँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कञ्चनपुरका निलम्बित एसपी डिल्लीराज विष्टमाथि अनुसन्धान भइरहेको बताएका छन् । बुधबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले निर्मला पन्त हत्याकाण्डमा कमजोरी गरेका कारण विष्टमाथि छानविन भइरहेको बताएका हुन् । समितिको बैठकमा सांसद विजय सुब्बाले विष्टलाई बर्खास्त नगरी किन निलम्बन मात्र गरेको भन्ने प्रश्नमा प्रहरी प्रमुख खनालले अनुसन्धानपछि उनलाई पदबाट हटाउने मात्र नभई जेल सजायसम्म पनि हुनसक्ने उल्लेख गरे ।

उनले अहिले विष्टमाथि अनुसन्धान जारी रहेकाे र अनुसन्धानपछि भेटिएका तथ्यहरुकाे अाधारमा जागिर खाइदिने मात्रै हैन जेलभित्र हाल्ने समय पनि रहेकाे बताए । उनले घटनामा दोषी देखिएकाहरुलाई निलम्बन गरिएको बताउँदै अनुसन्धानसम्म कुर्न पनि आग्रह गरे ।

उनले प्रहरीभित्र कुनैखाले भष्ट्राचारलाई छुट नदिएको बताउँदै भ्रष्टाचारमा संलग्नलाई पनि छुट नदिने उल्लेख गरे । उनले प्रहरीले ९० प्रतिशत घटनाका अपराधी पक्राउ गर्न सफल रहेको बताउँदै निर्मलाको घटनामा पनि निराश नहुन आग्रह गर्दै यर्थाथ पत्ता लगाएरै छाड्ने दावी गरे ।

 

प्रकाशित मिति : १० आश्विन २०७५, बुधबार १८:५३