१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका लागि माग्यो सुझाव


९ माघ, काठमाडाैं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको लागि सुझाव दिन सार्वजनिक आह्वान गरेको छ।

केन्द्रीय बैंकले यही माघ २० सम्म मौद्रिक नीतिमा गर्नुपर्ने संशोधन र परिमार्जनका लागि सुझाव दिन आह्वान गरेको हो। राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सुझाव माग गरेको हो।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम बैंकले प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्नुका साथै प्रत्यक त्रैमासमा मौद्रिक नीतिको समीक्षा समेत गर्नेगर्छ । चालू आर्थिक वर्षको मौद्रिक नीति राष्ट्र बैंकले गत साउन ६ गते सार्वजनिक गरेको थियो भने पहिलो त्रैमासको समीक्षा मंसिर ११ गते गरेको थियो ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार १६:१२