१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

एनआइसी एशिया बैंकले घटायो निस्क्रिय कर्जा, प्रतिसेयर आम्दानी कति ?


८ माघ, काठमाडाैं । एनआईसी एशिया बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेकाे छ । बैंकले सार्वजनिक गरेकाे उक्त विवरमा अधिकांश वित्तीय सूचकहरुमा लोभलाग्दो प्रगति गरेको छ ।

बैंकिङ्ग क्षेत्रको विभिन्न वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको यस बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेका हुन् ।

यस बैंकले आ.व. २०७९/८० को दोस्रो त्रैमाससम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा रकम रू. २६६.६८ अर्ब पुर्याउन सफल भएको छ । साथै, निक्षेपतर्फ कुल निक्षेप संकलन रू. ३०८.७० अर्ब पुर्याउन बैंक सफल भएको छ ।

बैंकले यस त्रैमाससम्ममा खुद मुनाफातर्फ रू. ३.२७ अर्ब आर्जन गर्न सफल भएकोे छ, जुन वार्षिक विन्दुगत आधारमा ३६ प्रतिशतको वृद्धि हो।

यसैगरी बैंकको स्व–पूँजीमा प्रतिफल(आरओई) २४.७५ प्रतिशत रहेको छ । साथै, यस बैंकले वार्षिक प्रति शेयर आम्दानी रू. ५६.७७ आर्जन गेको छ । स्व–पूँजीमा प्रतिफल र प्रतिशेयर आम्दानी २२ वटै बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान गरिएको छ।

बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जा अनुपातलाई समीक्षा अवधिसम्ममा ०.६१ प्रतिशतमा सीमित राख्ने सफलता समेत पाएको छ।

बैंकले आ.व. २०७९/८० को दोस्रो त्रैमाससम्ममा ३ लाखभन्दा बढी नयाँ ग्राहकहरू थपेर कुल ग्राहक संख्या ३५ लाखभन्दा बढी पुर्याएको छ।

समीक्षा अवधिसम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८५ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ । साना तथा मझौला कर्जा लगानीमा मुलुकका समग्र वाणिज्य बैंकहरूभन्दा एनआइसी एशिया बैंक अग्रणी स्थानमा रहेको अनुमान गरिएको छ।

एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरूमध्येको बैंक हो । यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०५ वटा विस्तारित काउन्टर एवम् ८१ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ ।

प्रकाशित मिति : ८ माघ २०७९, आईतवार ०९:४३