१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

नुवाकोटको ककनीदेखि सूर्यचाैरसम्म पर्यटनमन्त्री अधिकारीको नेतृत्वमा हाइकिङ (फोटोफिचर)


९ असोज, नुवाकोट । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले विश्व पर्यटन दिवस २०१८ को अवसरमा मंगलबार ककनी हुँदै सूर्यचौर सम्मको हाईकिङ गरेको छ । टानले  ‘टुरिजम एण्ड दि डिजीटल ट्रान्सफर्मेशन’ भन्ने मूल नाराका साथ सबै पर्यटनसँँग आवद्ध संघ संस्थाहरुको सहकार्यमा विश्व पर्यटन दिवस मनाउने गरी हाइकिङ गरेको हो ।

हाइकिङमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी, राज्यमन्त्री धनबहादुर बुढा,  प्रदेश नम्बर तीनकी उपसभामुख राधिका तामाङ लगायत झण्डै तीन सय जनाको सहभागिता रहेको थियो । ककनी मेमोरियल पार्कबाट शिवपुरी नेशनल पार्क हुँदै सूर्यचौर सम्मको हाईकिङमा सहभागीले झण्डै चार घण्टा पदयात्रा गरेका थिए ।

    

प्रकाशित मिति : ९ आश्विन २०७५, मंगलवार १८:४४