१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

अरुण भ्याली हाइड्रोपावरले पायो विद्युत नियमन आयोगबाट लाभांश वितरण गर्ने अनुमति


२९ पुस, काठमाडाैं । विद्युत नियमन आयोगले अरूण भ्याली हाइड्राेपावर डेभलपमेन्ट कम्पनी लिमिटेडलाइ लाभांश वितरणका लागि स्वीकृति प्रदान गरेको छ।

कम्पनीकाे मंसिर १६ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको ८ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि ०.४२१ प्रतिशत नगद गरी कुल ८.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने घाेषणा गरेकाे थियाे । साेही लाभांश विद्युत नियमन आयोगले स्विकृत गरेकाे हाे ।

प्रस्तावित लाभांश अब कम्पनीको आगामी २५ औँ वार्षिक साधारणसभाले अनुमोदन गरेपछि मात्र वितरण हुने कम्पनीले जनाएकाे छ ।

प्रकाशित मिति : २९ पुष २०७९, शुक्रबार ११:५२