१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

कर्पोरेट डेभलपमेन्ट बैंकको लाभांश घोषणा, लगानीकर्तालाई बोनस कति ?


२८ पुस, काठमाडाैं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । पुस २६ गते बसेको बैंकको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२६ प्रतिशत नगद लाभांश गरी कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृतिपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

प्रकाशित मिति : २८ पुष २०७९, बिहीबार ११:२७