१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

इन्धनको मूल्यसँगै घट्यो हवाई भाडा, कुन ठाउँ जान कति ? (सूचिसहित)


२५ पुस, काठमाडौं । सरकारले इन्धनको मूल्य घटाएसँगै वायु सेवा सञ्चालक संघ नेपालले हवाई भाडा घटाएको छ । संघका अनुसार हवाई दूरी अनुसार नेपाली यात्रुको हकमा अधिकतम ८ सय ८५ रुपैयाँ देखि न्युनतम १ सय ८० रुपैयाँसम्म हवाई भाडादर कायम गरिएको छ ।

काठमाडौंबाट धनगढीको उडानमा सबैभन्दा धेरै ८८५ रुपैयाँ भाडा घटेको वायुसेवा सञ्चालक संघले जनाएकाे छ । यसअघि काठमाडौंबाट धनगढीको उडानमा यात्रुले हवाई इन्धनका लागि मात्र ८ हजार ३९५ रुपैयाँ तिरिरहेकोमा अब ७ हजार ५१० रुपैयाँ तिरे पुग्नेछ । यससँगै धनगढीको अधिकतम भाडा १६ हजार १४० रुपैयाँमा झरेको छ ।

काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा ६८५ रुर्पैयाँ भाडा घटेको छ । अब माउन्टेन फ्लाइटको अधिकतम भाडा १४ हजार २०५ रुपैयाँ कायम भएको छ । काठमाडौंबाट भद्रपुरका लागि ६०० रुपैयाँ भाडा घटेको छ । काठमाडौंबाट जनकपुरका लागि २ सय ६०, काठमाडौंबाट भरतपुरबाट २१५, काठमाडौं पोखरा ३२०, काठमाडौं भैरहवा ४१०, काठमाडौं नेपालगञ्ज ६५५, काठमाडौं तुम्लिङटार ३७०, काठमाडौं सिमरा १८०, काठमाडौं सुर्खेत ६९० र काठमाडौं राजविराज ४११ रुपैयाँले भाडादर घटेको छ ।

प्रकाशित मिति : २५ पुष २०७९, सोमबार १२:३१