१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

फिफा वर्षको ड्रिम टिम सार्वजनिक, ब्राजिलियन स्टार नेइमार पर्न सकेनन्


९ असोज, काठमाडाैँ । विश्व फुटबल महासंघ फिफाले वर्षको ड्रिम टिम सार्वजनिक गरेको छ । वर्ष खेलाडी घोषणा गर्न आयोजित विशेष समारोहमा सार्वजनिक गरेको फिफाको ड्रिम टिममा क्रिष्टियानो रोनाल्डो र लियोनल मेसीसहितका खेलाडी परेका छन । ड्रिम टिममा ब्राजिलियन स्टार नेइमार भने पर्न सकेनन् ।

ड्रिम टिममा क्लब फुटबल र रुस विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरु परेका छन ।टिमको गोलकिपरमा डेभिड डी गिया रहेका छन । त्यस्तै डिफेन्डरमा सर्जियो रामोस, मर्सेलो, ड्यानी अल्भेस, राफेल भराे परेका छन । मिडफिल्डरमा अन्गोलो कान्टे, लुका मोड्रिच, इडेन हाजार्ड परेका छन । यस्तै फरवार्डमा क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी, केलियन एमबाप्पे परेका छन ।

प्रकाशित मिति : ९ आश्विन २०७५, मंगलवार ०७:३७