२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

एकै दिन १२०० ले घट्याे सुनकाे मूल्य, कति पुग्याे ताेलाकाे ?


८ पुस, काठमाडाैं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य  घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकै दिन सुनको मूल्य तोलामा १२०० रुपैयाँले घटेको हो। योसँगै यस दिन छापावाल सुन प्रतितोला १ लाख ३०० रुपैयाँ र तेजाबी सुन ९९ हजार ८०० रुपैयाँ काराेबार भएकाे महासंघले जनाएकाे छ ।

बिहीबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख १ हजार रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर १ हजार ३९० रुपैयाँ कायम भएको छ। बिहीबार चाँदी तोलामा ५ रुपैयाँले बढेर  १ हजार ४०५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : ८ पुष २०७९, शुक्रबार ११:०९