२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

उकालो लाग्दै सुनको मूल्य, कति पुग्याे ताेलाकाे ?


७ पुस, काठमाडाैं । नेपाली बजार बिहीबार पनि सुनको मूल्य उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो। यस दिन छापावाल सुन प्रतितोला १ लाख १ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख १ हजार रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ ।

बुधबार पनि सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ७०० रुपैयाँमा किनबेच भएको थिो।

आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १ हजार ४०५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा २५ रुपैयाँले बढेर चाँदी १ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : ७ पुष २०७९, बिहीबार १२:०२