२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

मिर्मिरे लघुवित्तले घोषणा गर्यो लाभांश


७ पुस, काठमाडाैं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षकाे मुनाफाबाट कम्पनीका सेयरधनीहरूका लागि लाभांश घोषणा गरेको हाे ।

कम्पनीको पुस ६ गते बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरूलाई चुक्ता पूँजीको २३ प्रतिशत बोनस सेयर वितरण गर्ने घाेषणा गरेकाे हाे ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई र कम्पनीकाे आगामी साधारण सभाबाट पारित भएपश्चात सेयरधनीहरूलाई वितरण गरिनेछ ।

प्रकाशित मिति : ७ पुष २०७९, बिहीबार ११:११