१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

तपाईकाे डिम्याट खातामा आयाे त १४.५ प्रतिशत बोनस सेयर ?


१९ मंसिर, काठमाडाैं । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीकाे खातामा बोनस सेयर जम्मा गरेकाे छ । इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनस्हरूलाइ १४.५ प्रतिशत बोनस सेयर दिने घाेषणा गरेकाे थियाे । साेही बोनस सेयर कम्पनीले सेयरधनीकाे डिम्याट खातामा जम्मा गरिदिएको हाे ।

गत असोज १३ गते सम्पन्न १४ औँ वार्षिक साधारणसभाबाट अनुमोदन भएको उक्त बोनस सेयर कम्पनीले सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको कम्पनीले जनाएकाे छ ।

गत असोज ३ गतेसम्म सेयर अभौतिकीकरण डिम्याट गराएका सेयरधनीको डिम्याट खातामा बोनस सेयर जम्मा गरिदिएको कम्पनीले जनाएकाे छ ।

हालसम्म पनि सेयर अभौतिकीकरण नगरेका सेयरधनीहरुले डिम्याट खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र अभौतिकीकरण गर्नुपर्ने कम्पनीले जनाएको छ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार ०९:५१