२० बैशाख २०८१, बिहीबार | Thu May 2 2024

एनआरएन इन्फ्रास्ट्रक्चरले घोषणा गर्याे लाभांश, बुकक्लाेज कहिले ?


१८ मंसिर, काठमाडाैं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश घोषणा गर्नुका साथै वार्षिक साधारणसभा (एजीएम)  पनि बाेलाएकाे छ ।

कम्पनीकाे मंसिर १६ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको करसहित कुल ५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

सोही बैठकले कम्पनीको १० औँ वार्षिक साधारणसभा आउँदो पुस २० गते आयोजना गर्ने निर्णय पनि गरेको छ।  लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस ५ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस ४ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा सहभागि हुन सक्नेछन् ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आईतवार १०:४७